फुटेर पनि पूरा अनुहार दिन सक्छ
  • सन्तोष अधिकारी

  • फुटेर पनि पूरा अनुहार दिन सक्छ

    एउटा साथी ऎनाको ठाउँ उभिन सक्छ

    म स्वयंलाई सधैं एक प्रश्न गर्ने गर्छु

    कोही कसैको मुटु यति तड्पिन सक्छ ?

    अरे तिमी आएर पनि नबिझाइ गयौ

    मानौँ पानी कर्कलामा तर्किन सक्छ

    एक म लडेको देख्दा हास्नेहरु छन्

    एक मेरो मन छ हरबार समालिन सक्छ ।

  • ५ बैशाख २०७८, आईतवार १३:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images