भगवती युवा क्लवको भित्तेपात्रो विमोचन, तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न
  • गोकर्ण पाण्डे

  • नयाँ वर्ष २०७८ सालको शुभअवसरमा श्री भगवती युवा क्लव धुर्कोट-३ हाडहाडे गुल्मी द्धारा आयोजना गरिएको शुभकामना आदान प्रदान, भित्ते पात्रो विमोचन, पुर्ण सरसफाइ घोषणा तथा विविध सांस्कृिक कार्यक्रम यसै धुर्कोट गा. पा. वडा न-३ हाडहाडे गुल्मीका वडा अध्यक्ष विष्णबहादुर थापा श्रीस ज्यू को अध्यक्षता मा, धुर्कोट गा. पा. अध्यक्ष भूपाल पोख्रेल ज्यू को प्रमुख आतिथ्यता, धुर्कोट गा. पा. उपाध्यक्ष शिव खत्री ज्यू को विशेष आतिथ्यता संपन्न भएको छ ।

    कार्यक्रम राष्ट्रियगान पश्चात स्वर्गद्वारी जीप दुर्घटनामा ज्यान गुमाउनु हुने कर्मठ कर्मचारीहरुको सम्मानमा एकमिनेट मौनधारण गरी सुरुभएको थियो ।

    नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण विभाग सदस्य छन्द बहादुर पहराई, ने. क. पा. एमाले जिल्ला कमिटि सदस्य चन्द्र सुनार, नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य पदम विष्ट, वास इकाई संयोजक छविलाल विश्वकर्मा, वास सहजकर्ता लालमणि भण्डारी, पत्रकार सम्झना पोख्रेल लगायत वडा प्रतिनिधि हरु, दल प्रतिनिधिहरु, विभिन्न विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, बिद्यालय का प्रअहरु, विभिन्न संघ संस्था का प्रतिनिधि ज्यू हरु, समाज सेवी, बुद्धिजीवी, क्लवका सहयोगीहरु तथा क्लव प्रेमि वडा वासी सम्पूर्ण अतिथिहरुको उपस्थितीमा बहुचर्चित कलाकार अनिल खत्री, कमल वस्नेत को साङ्गीतिक प्रस्तुतिमा बाक्लो उपस्थिति को बीच सब्य भव्य तरिकाले कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष यमहादुर खत्री ले जानकारी दिए।

    कार्यक्रममा धुर्कोट गाउपालिकाका उपाध्यक्षले पुर्ण सरसफाइको सम्पूर्ण वडा बासी लाई प्रतिबद्धता गराउनुको साथै कार्यक्रममा बोल्दै उहाँले क्लवले प्रकाशन गरेको भित्तेपात्रो मा गाउँपालिकाका सातै वडाका पर्यटकीय स्थलहरू समेटिएको हुँदा यसले सामाजिक सद्भाव कायम गर्ने विश्वास व्यक्त गर्नु भयो । पुर्ण सरसफाई क्षेत्र घोषणा गर्न सफल भएकोमा गा. पा. अध्यक्ष भूपाल पोख्रेल ज्यूले वडा अध्यक्ष विष्णु बहादुर थापा श्रीस लाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँले क्लबले गाउँपालिकामै नमूना कार्यहरु गर्दै आइरहेकोमा खुसी ब्यक्त गर्दै हरेक कार्यमा गाउँपालिकाले क्लब संग सहकार्य गर्ने र क्लवको लागी आवश्यक भवन निर्माण कार्यको लागी गाउँपालिकाले ले सहयोग गर्ने प्रतिबद्द्ता ब्यक्त गर्नुभयो। त्यस्तै वडा अध्यक्ष विष्णबहादुर थापा श्रीस ज्यू ले पनि क्लव का कार्यहरुदेखि वडा अत्यन्तै हर्षित रहेको र पुर्ण रूपले सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो ।

    वास संयोजक छविलाल विश्वकर्मा ज्यूले क्लव सँगको सहकार्य अत्यन्तै उत्साहजनक रहेको जनाकारी गराउँदै क्लवले सक्रियताको साथ काम गरेकोमा खुसी ब्यक्त गर्नु भयो । क्लवको तर्फबाट बोल्दै भित्तेपात्रो प्रकाशन समिती संयोजक प्रकाश खत्रीले मान्छेहरू चन्द्रमा जाँदै गर्दा हाडहाडे बासी फोन सम्पर्कको लागी डाँडा काँडा धाउनुपरेको भन्दै क्लव ले नेपाल टेलिकमको टावर राख्न पहल गर्नु को साथै शैक्षिकक्षेत्र सुधारको लागी वडा भित्रका बिद्यालय हरुमा अक्षयकोष संचालन गरिरहेको बताउनुभयो ।

    त्यस्तै कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रम मा बोल्ने अन्य वक्ताहरुले पनि क्लव प्रति अत्यन्तै सकारात्मक दृष्टि राख्नु भएको थियो । उक्त कार्यक्रममा चेतना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका सचिव सरोज खत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा यमुना श्रेष्ठ, श्रृजना श्रीस , कमला खत्री र उहाँको नृत्य टोलीले नृत्य प्रस्तुति दिनुभएको दिनुभएको थियो ।

  • ५ बैशाख २०७८, आईतवार २०:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images