कोरोनाकालमा कुम्भ मेला पुगेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता
  • CIA Khabar

  • भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फिर्ता भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राजाकै झल्को दिनेगरी बाजागाजाका स्वागत गरिएको छ । विभिन्न राजावादी संघसंस्थाहरूले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई धुमधाम बनाएका हुन् ।

    कुम्भ मेलामा सहभागी भएकाहरूमा कोरोना तीव्र रुपमा फैलिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कुम्भलाई सुपर स्प्रेड इभेन्ट भनिएको छ । पूर्वराजा ज्ञानेन्द्रले भारतमा रहँदा भेटेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत संक्रमित भएका छन् ।

    कुम्भ मेला आयोजकले ज्ञानेन्द्रलाई हिन्दु राजाकै हैसियतमा निमन्त्रणा गरेको थियो ।

  • ५ बैशाख २०७८, आईतवार २१:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images