लागुऔषधसहित दुई जना पक्राउ
  • CIA Khabar

  • धनगढी । लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका–५ मा बिक्री वितरण गरीरहेको अवस्थामा सोही नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनारलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरुको साथबाट एक दशमलव ९४ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार १०:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images