माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी
  • CIA Khabar

  •  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको  साहले जनाए ।

    नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

    यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।

  • ६ बैशाख २०७८, सोमबार ०८:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images