भूकम्पले १२ घर भत्किए, ४ जना घाइते (फोटो फिचर)
  • CIA Khabar

  • लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले १२ घर भत्किएका छन् । घर भत्कँदा ४ जना घाइते भएका छन् ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मानिस घाइते भएको जनाकारी आएको बताए । उनले घटनास्थलमा पुगेको जानकारी दिए ।

     

    भूकम्पमा परी ८४ वर्षीया वृद्धा, ३६ वर्षीया महिला, २२ वर्षीय गोविन्द अधिकारी भूकम्प गएको बेला बार्दलीबाट हाम फाल्दा बेहोस भएको प्रजिअ लुइटेलले बताए ।

    ठूला साना भुकम्पका धक्काहरु अझै पनि गइरहेको बेशीसहर नगरपालिकाका प्रेस सल्लाहाकार कृष्ण केसीले बताए ।

  • ५ जेष्ठ २०७८, बुधबार १०:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images