अर्घाखाँची । पाणिनी गाँउ पालिकामा रहदै पाणिनी गाँउ पालिकाकै विकासको लागी क्रियाशील पत्रकारहरुको एक छाता सस्था स्थापना भएको छ । देशको सयौँ पर्यटकीय गन्तव्य मध्येकै एक ऐतिहासिक पर्यटकीय स्थल पाणिनी तपोभूमि रहेको स्थानवाट क्रियाशील पत्रकारको एकतात्मक समिती सार्वजनिक हुनु लाई सर्वत्र सकरात्मक तवरले हेरीएको छ ।
पाणिनी गाँउ पालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार,स्थानीय निकायमा भएका सकरात्मक कार्यक्रमको उठ्ठान सहित विभिन्न निकायमा हुनेगरेका अनिमियतताको खवरदारी,पाणिनीमा संचार माध्यम र संचारकर्मीको संरक्षण गर्ने लगायतका उद्देश्य लिएर पाणिनी गाँउ पालिकामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थितीमा २०७८ जेठ ५ गते भएको भेलाले संस्था को नाम र संस्थापक समिति गठन गरेको छ ।
स्वतन्त्र पत्रकार डिआरजी सुमन को पहलमा संचालन गरिएको यस अभियानमा पाणिनी गाँउ पालिकामा क्रियाशील पत्रकारहरुको सकरात्मक रुपमा साथ रहेको छ । यस सस्थालाई पत्रकारका अन्य संगठनको मातहत र सैली भन्दा भिन्न तरिकाले परिचालन गरिने गरी स्थापना गरिएको छ । पत्रकार डिआरजी सुमन संस्थापक अध्यक्ष रहनेगरी १३ सदस्यीय संस्थापक समिती गठन गरिएको हो ।
वरिष्ठ उपाध्यक्षमा विष्णुभक्त पोखरेल, सचिवमा रुकमागत भट्टराई, सह सचिवमा कमला घिमिरे , कोषाध्यक्षमा मनिष अधिकारी र सह कोषाध्यक्ष मा चोलनाथ पौडेल रहनु भएको छ । यस्तै संस्थापक सदस्यमा सिता घिमिरे,प्रकाश वेल्वासे प्युठानी,मूना पौडेल,सुर्यनारायण न्यौपाने,माधव वेल्वासे,शालिकराम गौतम र सुभाष गौतम रहनु भएको छ ।
प्रारंभिक चरमा पाणिनी गाँउ पालिकाको सवै पत्रकार समेटने प्रयास हुदाहुदै छुटेका पत्रकारहरुलाई क्रमिक रुपमा संगठित गर्दै जाने संस्थाका सचिव रुकमागत भट्टराईले जानकारी गराउनु भएको छ ।
पाणिनीमा पत्रकारहरुको लागी यस प्रकारको संगठन आवश्यकता महसुस गरिएको थियो समयमै डिआरजी सुमन कै पहल र नेतृत्वमा संगठित हुदा खुसी भएका छौ कार्यक्रमका सहभागीहरु धेरैले धारणा आएका थियो । कार्यक्रम पाणिनी गाँउ पालिका वडा नं ३ वरका रुखमा सम्पन्न भएको थियो ।