कर्णालीमा खाद्यान्नको चरम मूल्य वृद्धि, कष्टकर बन्दै सर्वसाधारणको दैनिकी
  • खगेन्द्र हमाल

  • सुर्खेत । कोरोना महामारीले कारण आम कर्णाली बासिमा निराश बनाएको यस विषम परिस्थितिमा लकडाउनले गर्दा दैनिक ज्यालामजदुरी गरेर जिविकापार्जन गर्ने नागरिकहरुको जीवन कष्टकर बन्दै गएको छ । लकडाउनका कारण रोजगारि गुमाएका नागरिकहरुलाई बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता बढेको छ । त्यसैमाथी खाद्यान्न लगायतका सामाग्रीहरुको चरम मूल्य वृद्धि भएपछि नागरिकहरु मारमा परेका छन ।

    खाद्यान्नमा माछा, मासु, नुन, तेल, चामल, पिठो, दाल, मसलाहरु लगायतका बस्तुहरुको एक्कासि चरम रुपले मुल्य वृद्धि भएको छ । २० दिन पहिले १७०० मुल्य पर्ने तेलको पेटि यतिबेला ठ्याक्कै दोब्बर मूल्य बराबरमा व्यवसायीहरुले बजारमा बिक्रि बितरण गरिरहेका छन ।

    यतिबेला प्रती पेटि २६०० रुपैयाँ सम्मा बिक्रि गरिरहेका छन।सागसब्वीको मूल्य वृद्धि पनि निकै बढिरहेको छ । बिरेन्द्रनगरमा रहेका अधिकाश ठुला ब्यापारीहरुले नै मुल्य वृद्धि गरिरहेका छन।सम्बन्धित निकाय अनुगमन गर्न कुनै प्रमाण नभेटाउनु र ब्यापारीहरुले मुल्य वृद्धि गरिरहनुले आम नागरिकमा गम्भीर प्रश्न उब्जिएको छ । त्यसैगरी तम्बाकु गुट्का, चुरोट र पेय पदार्थहरुको तोकिएको मुल्य भन्दा बढी मुल्यमा बेचिरहेको पाईएको छ।

  • ५ जेष्ठ २०७८, बुधबार १६:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images