आजकल म यहाँ आफैंसँग लडिरहेछु,
  • सुदन डोटेल

  • आजकल म यहाँ आँफैसँग लडिरहेछु,

    तुफान छ दिलमा, म चुपचाप बसिरहेछु।

     

    मनका बस्तिहरु बर्बाद, बर्बाद भएका छन,

    उजाड बस्तीमा, आफ्नै ठेगाना खोजिरहेछु।

     

    कुरा थियो बाचा कसमको,अर्को जन्मको

    आफ्नै मुटु बेचेर नाफा पार्नेलाई हेरिरहेछु।

     

    हिम्मत थियो, जोश थियो समुन्द्र नै पार गर्ने,

    अफसोश, थोपा थोपा आसुँमा नै डुबिरहेछु।

     

    आजकल म यहाँ आँफैसँग लडिरहेछु,

    तुफान छ दिलमा, म चुपचाप बसिरहेछु।

     

    सुदन डोटेल कुसुन्ती, ललितपुर आईतवार, ५ बैशाख २०७८

  • ६ बैशाख २०७८, सोमबार ०९:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images