अर्घाखाँची । आज बिहान करिब ०६ बजेतिर भुकम्प को कारण अर्घाखाँची जिल्ला छत्रदेब गाउँ पालिका वडा नम्बर ०१ चिदिका लामीडाडामा हरि प्रसाद अर्याल को घरमा क्षति पुर्याएको छ ।
लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर को भुकम्प गएको थियो । अर्घाखाँची को अन्य ठाउ मा भौतिक क्षति कम भएपनी चिदिकामा अर्याल को घरमा क्षति पुर्याएको हो । आर्थिक हिसाबले समेत बिपन्न रहेका अर्यालले स्थानीय निकाय , जिल्ला प्रशासन तथा विभिन्न सामाजिक अभियन्ता समक्ष सहयोग को अपेक्षा गरेका छन ।
यस्तो बिषम परिस्थितिमा सबैजना ले आ आफ्नो ठाउ बाट सहयोग गर्न शिक्षिका प्रबीणा अधिकारी ले आग्रह गरेकी छिन ।
आफ्नो जन्मथलो मा परेको समस्या लाई काठमाडौं लगायत विभिन्न ठाउ बाट सहयोग अभियान सन्चालन गर्ने सोच बनाएको चिदिका काठमाडौं सम्पर्क समाजका सचिब समेत रहेका सामाजिक अभियन्ता सुभाष ज्ञवालीले जनाएका छन । यदि यो अभियानमा जोडीन आफुलाइ ९८५७०३७१४२ मा सम्पर्क गर्न ज्ञवालीले सम्पुर्ण ब्यक्ति मा अनुरोध समेत गरेका छन ।