अनिता यादवको हत्याको आरोपमा देवर पक्राउ
  • CIA Khabar

  • बीराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।

    रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो । बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो ।

    प्रहरीका अनुसार मंगलबार दिउँसो हत्या आरोपी देवर र मृतक अनिताबीच विवाद भएको थियो । बेलुका अनिता नहरको बाटो हुँदै कतै गइरहेका बेला विनोदले पछ्याए । त्यसपछि विनोदले नहरमा लडाएर धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ । मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘मृतक महिला घरबाट कहाँ हिडेकी हुन भन्ने खुलेको छैन ।’

    शव भेटिएको हल्ला चलेपछि गाउँलेहरु घटनास्थलतर्फ लागेका थिए । तर हत्या आरोपी विनोद भने घटनास्थल तर्फ नगई अन्तै लागेका थिए । विनोदलाई प्रहरीले घर बाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । अनिता र विनोदका दाजु बेचनबीच दुई वर्षअघि विवाह भएको थियो ।

  • ५ जेष्ठ २०७८, बुधबार २१:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images