नया पुस्ता को नेपाली काङ्ग्रेस
  • सुमन जङ कार्की

  • नेपाली काङ्ग्रेस नेपाल को सबैभन्दा जेठो र पुरानो प्रजातान्त्रिक पार्टी हो । नेपाली लोकतान्त्रिक आन्दोलन मा सबै भन्दा धेरै योगदान दिने पार्टी नेपाली काङ्ग्रेस नै हो । २००७ साल को प्रजातन्त्र को लागि राणा विरुद्ध को आन्दोलन , ४६ साल को जनआन्दोलन , ६२र६३ को आन्दोलन सबै आन्दोलन नेपाली काङ्ग्रेस को नेतृत्व मा भएको हो ।

    बिपि कोइराला को समाजवाद को सपना बोकेको काङ्ग्रेस का सामु धेरै चुनौती रहेको छ अहिले । ती चुनौती सामना गर्दै काङ्ग्रेस फेरि देस को पहिलो पार्टी भएर उदाउनेछ । काङ्ग्रेस को अहिले को मुख्य काम भनेको महाधिवेशन गर्ने हो र सबल र पार्टी लाई अगाडी लाने नेतृत्व चुन्ने हो । सबैधानिक हिसाबले पनि काङ्ग्रेस ले महाधिवेशन तोकिएकै मितिमा गर्न पर्छ । काङ्ग्रेस ले अब एजेन्डा सहित राजनीति गर्न पर्छ र चुनाब मा जानुपर्छ ।

    नेपाली काङ्ग्रेस ले अब नया पुस्ता का युवा हरुलाइ नेतृत्व दिएर अगाडि बढन पर्छ । काङ्ग्रेस लाई नया पुस्ता को लोकप्रिय पार्टी बनाउन पर्छ । बिदेश मा नि काङ्ग्रेस को युवा संगठन स्थापना गर्नु पर्छ । सामाजिक संजाल मा पनि काङ्ग्रेस का कार्यकर्ता ले पार्टी र नेताहरुले गरेका काम र कम्युनिष्ट ले गरेका भ्रष्टाचार , दादागिरी र अलोकतान्त्रिक काम को उजागर गर्न पर्छ जनतालाइ सुचना दिन पर्छ ।

    देश कै पुरानो पार्टी लाई अब युवा ले फेरि पनि शक्तिशाली लोकतान्त्रिक पार्टी बनाउने छन । अहिले को नेतृत्व ले युवाहरुलाइ बिश्वास मा लिएर नेतृत्व हस्तान्तरण गरि सबक सक्षम र विशाल नेपाली काङ्ग्रेस को निर्माण गरि देश निर्माण मा काङ्ग्रेस लाई होम्न पर्छ ।

    सबै साथ लिएर काङ्ग्रेस फेरि नेपाल मा पहिलो पार्टी भएर उभिनेछ । कम्युनिष्ट ले शासन चलाएको देखे नेपाली जनताले । काङ्ग्रेस ले परिपक्व प्रतिपक्षी दल को भुमिका निभायो । जनता ले मुल्यांकन गरेका छन । तेसैले अब काङ्ग्रेस ले युवा पुस्ता लाई अगाडी लिएर नया पुस्ता को नेपाली काङ्ग्रेस को पुनर्निर्माण गर्न पर्छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १३:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images