पाल्पाको रामपुर नगरपालिकामा बुधबार स्थानीय बिदा
  • CIA Khabar

  •  पाल्पाको रामपुर नगरपालिकाले आगामी बैशाख ८ गते बुधबार बिदा दिएको छ रामपुर नगरपालिकाको सोमबार बसेकाे कार्यपालिका बैठकले रामनवमी पर्वको अबसरमा रामभुमी रामपुरमा बिदा दिने निर्णय गरेको नगर प्रबक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।    भगवान् राम संग जोडिएको रामपुरको गरिमा बढाउन तथा यस पर्वका क्रियाकलापलाई महत्व दिन आग्रह गरे अनुसार रामनवमी पर्वमा रामपुर नगरपालिका र मातहतका कार्यालयहरु सबैमा बिदा दिइएको छ ।  त्रेतायुगमा भगवान् रामचन्द्र बनवास जाने क्रममा पाल्पाको रामपुरमा आएर बास बसेको र भगवान् रामको नामबाट रामपुर रहन गएको विश्वास छ ।

    बनबासको क्रममा रामपुर नगरपालिका–५  कालीगण्डकी नदी किनारको रामघाटमा स्नान गरेको किम्बदन्तीले सो घाटको नाम रामघाट रहन गएको बुढापाका बताउछन् । यहीँ तपस्या गरेर बसेका बखत रामचन्द्रकी पत्नी सीता रजस्वला हुदा बाण हानेर नुहाउने कुण्ड बनाएको बिस्वाश छ । जसलाई सिताकुण्ड भनिन्छ । सीताले त्यही कुण्डमा नुहाएको हुनाले सीताकुण्ड नाम रहन गएको हो ।

    नेपालका १०८ कुण्ड मध्य यो एक कुण्ड हो भने पाल्पाको एक मात्र कुण्ड सिताकुण्ड हो । यहाँ रामनवमी, कृणाजन्माष्टमीमा मेला लाग्दै आएको छ । रामले खाना पकाएर खाएको भाग बजार क्षेत्रमा नै छ । रामचुलोको रुपमा प्रख्यात ३ ढुङ्गा सहितको चुलो संरक्षण गरि राखिएको छ भने रामजानकीको स्वरुपमा मन्दिर निर्माण कार्य जारी छ । बजारको शिरमा रहेको राम्चेबन र बजार छेउको खेतमा रहेको रामढुङ्गा पनि भगवान् रामका प्रतिकका रुपमा स्थानियले पुग्दै आएका छन् ।
     भगवान् रामसंग जोडिएका धेरै किम्बदन्ती र धार्मिक पुस्तकमा उल्लेख यस क्षेत्रको महिमा जोगाउन पनि रामनवमी पर्वमा बिदा दिइएको रामपुर नगरपालिकाले जनाएको छ ।

  • ६ बैशाख २०७८, सोमबार १५:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images