जीवन उपयोगी ज्ञान : जहाँ तपाईंको अपमान हुन्छ त्यहाँ नजाँदा राम्रो
  • CIA Khabar

  • जोकोही मान्छे पनि आफैँमा सफल र सुखी जीवन बिताउन चाहन्छ । तर यो कसैलाई पनि सम्भव छैन कि पूरै जीवन बिना झण्झट बिताउन सकोस् । किनकि जीवन जहाँ छ त्यहाँ सकारात्मक र नकारात्मक भावसँगै आउने गर्छ । यो सम्भव नै छैन कि तपाईंले जीवनको प्रत्येक क्षणमा सफलता प्राप्त गर्नुहोस् र तपाईं जहिले पनि सुखी नै हुनुहोस् । जीवनमा आउने यस्ता कठिन अवस्थामा, सद्भाव कायम राख्नु महत्त्वपूर्ण हुन्छ । यो सन्तुलन केवल दिमाग र शरीरबाट हुन्छ, तर कसरी सन्तुलनमा राख्न सकिन्छ ? त्यससम्बन्धी केही विषयहरू चाणक्य नीति वा अन्य नीति शास्त्रहरूबाट साभार गरिएको छ ।

    १. जीवनले हामीलाई बाँच्नका लागि धेरै अवसरहरू प्रदान गर्छ, जुन व्यक्ति जीवनमा सही मार्ग अपनाएर अगाडि बढ्न सक्छ उसको जीवनमा पनि सहजता र कठिनाइ बारम्बार आउने गर्छ । यदि कुनै कारणले उसले अवसरलाई हातबाट फुत्किन दियो भने उसले समस्याबाट मुक्त हुन सक्दैन । कहिलेकाहीँ नचाहँदानचाहँदै पनि अवसर गुम्न सक्छ । यस्तो अवस्थामा भविष्यलाई सम्झिएर चिन्तित हुने होइन । वर्तमानलाई ध्यान दिनुपर्छ ।

    २. आफ्नै लागि बाँच्नुहोस्, अरू कसैको लागि होइन, आफूलाई प्रेम गर्नुहोस्, तपाईंले आफ्नो आनन्द आफैँले निर्धारित गर्नुपर्छ । केवल आफूलाई प्रेम गर्नेले मात्रै अर्कोलाई प्रेम गर्न सक्छ।

    ३. वरपरका परिवार र साथीहरूलाई बुझ्ने प्रयास गर्नुहोस् । उनीहरूसँग गुणस्तरीय समय बिताउनुहोस्, कुनै पनि चाड वा अवसरमा सँगै बस्ने प्रयास गर्नुहोस्।

    ४. कसैप्रति भएको कुनैपनि नकारात्मक सोचको समाधान गर्नुहोस् । किनकि आवेगमा कसैको मन दुखाइएको हुन सक्छ ।

    ५. जहिले पनि कसैबाट जीवनमा केही नयाँ सिक्ने कोसिस गर्नुहोस्, तपाईं धेरै पछाडि पर्न सक्नुहुन्छ यदि तपाईंले सिक्न छाड्नुभयो भने ।

    ६. ज्ञानको बारेमा अहंकारी नहुनुहोस्, केही नयाँ जान्न चाहनेलाई मद्दत गर्नुहोस् र यसको सट्टामा केही प्राप्त गर्ने आशा नराख्नुहोस् ।

    ७. यदि कुनै व्यक्तिले तपाईंलाई अपमान गर्न खोजिरहेको छ भने केवल ऊबाट टाढै बस्नु उचित हुन्छ, सकेसम्म उसको गल्तीलाई माफ गर्नुहोस् ।

    ८. यदि तपाईं कसैलाई केही बुझाउँदै हुनुहुन्छ भने यसलाई सही कुराकानीको माध्यमबाट व्याख्या गर्ने प्रयास गर्नुहोस्।

    ९‍‍. जीवन सजिलो छैन, नकारात्मक सोचको मूल पत्ता लगाउनुहोस् र सकारात्मकताको खोजी गर्नुहोस् ।

    १०. जीवनमा व्यक्तिलाई मूल्यवान् बनाउन सिक्नुहोस् । बलियो सम्बन्धले मात्र तपाईंको मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँछ । जसमा आमा बुबा, आफन्त र साथीहरू समावेश गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । तर सही साथीहरू छान्नु एकदम महत्त्वपूर्ण हुन्छ ।

    ११. विगतबाट बाहिर निस्किनुहोस् र वर्तमानमा बाँच्नुहोस् । आलोचनाको सामना गर्ने क्षमता राख्नुहोस्, गल्ती स्वीकार्ने साहस राख्नुहोस् र यसबाट सिक्नुहोस् र कसैलाई यसको लागि जिम्मेवार नबनाउनुहोस् ।

    १२. अधिक सुन्ने क्षमता बढाउनुहोस्, यसले तपाईंलाई कुनै पनि समस्या छिटो हल गर्न मद्दत गर्छ । पैसाले तपाईंलाई आनन्द दिन्छ तर यसबाट आफ्नो खुसीको आकलन नगर्नुहोस् । कडा परिश्रम र प्रतिबद्धताले गरेको हरेक कामले पैसा र खुसी दुवै कमाउन सक्छ ।

    १३. जीवनको गतिसँगै तपाईंको शरीरलाई विश्राम दिनु आवश्यक छ । त्यसैले आफ्नो लागि व्यस्त तालिकाबाट अलिक समय लिनुहोस् र तपाईंलाई मनपर्ने कुरा गर्नुहोस्।

    १४‍. धेरै व्यक्ति काममा व्यस्त रहँदा आफ्ना इच्छाहरू बिर्सेर आफ्नो जीवन बिताउँछन् । उनीहरू आफ्ना इच्छाहरू पूरा गर्न समय निकाल्नैपर्छ ।

    १५. सकेसम्म मुस्कुराउने कोसिस गर्नुहोस् । यसले तपाईंको जीवनलाई धेरै हदसम्म सजिलो बनाउँछ ।

  • ६ चैत्र २०७७, शुक्रबार २२:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images