अभियानका नाममा स्वेच्छिक रकम संकलन नगर्न सुर्खेत प्रशासनको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ । दोस्रो चरणको कोराना महामारी सुरू भएसँगै समुदायमा संक्रमितको सहयोगार्थ संचालित सहयोग अभियानमाथि जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रतिबन्ध लगाएको छ ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सूचना प्रकाशन गर्दै आफूखुशी कोरोना उपचार तथा निमन्त्रणका नाममा विभिन्न अभियान संचालन गरिएकोले त्यस्ता अभियानका नाममा रकम संकलन गर्ने र जम्मा गर्ने कार्य गर्ने कार्यलाई बन्द गर्न सूचित गरेको छ ।

    यसरी रकम संकलन गर्नु र जम्मा गर्नु गैरकानुनी कार्य भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताएको छ । यसका साथै स्वेच्छिक रुपमा यसप्रकारको सहयोग रकम जम्मा गर्न चाहनेलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरी जानकारी दिन समेत अनुरोध गरेको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १९:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images