५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक
  • CIA Khabar

  • नेपाल राष्ट्र बैंकले आज ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

    सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।

    यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि बिक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ ।

    राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

  • ६ बैशाख २०७८, सोमबार ११:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images