अर्घाखाँची । नेपाल कृषि प्रदान देश भएपनी यती बेला नेपालका किसान लाई कृषि गर्न जेयादै सकस भईरहेको छ।किसान ले यति बेला हिउदे बाली थन्काई बर्खे बाली खेती गरि रहेको पाईन्छ । किसान ले यो समयमा मकै खेती गरिरहेका छन,जुन बाली मा अहिले फौजि र गबारो किराले सताउन थालेपछि अर्घाखाँचीका मकै किसान निराश देखिएका छन् ।
भर्खरै एकोहोरो मकै खनेर सक्कियको र दोर्होरो मकै खन्ने किसानलाई मकैमा विभिन्न रोग र किराहरु देखिन थालेपनि निराश भएका हुन् । मकैको फेदमा गबारो किराको प्रकोप देखिएको छ भने मकैको गुबोमा फौजि किराको प्रकोप देखिएको छ । मालारानी गाउँपालिका वडा नः२ पटौटीकी ३४ बर्षिया गोमा खत्रीले १२रोपनी खेतमा मकै लगाएकी छिन।भर्खरै एकोहोरा खनेर उठेका मकैमा विभिन्न किराहरुले सताउन थालेपछि उनी चिन्तित देखिएकी छिन् । मकैको गुबोमा फौजि किराको प्रकोप छ । भने पातमा पनि अज्ञात रोगले प्वाल परेको छ ।
शिव प्रगतीशिल महिला कृषि सहकारी वाट अन्नपूर्ण बीउ उत्पादन समुहमार्फत ५० प्रतिशत अनुुदानमा ‘मनकामना सेतो’ जातको मकै लगाएकी उनी अहिले निराश भएकी छिन । ‘अज्ञात किराले मकै खाएर सखाप पारेको छ, फेद, गुबो र पातमा धेरै नोक्सानी गरेको छ । ठाउँपिच्छे फरक–फरक रोगले सताएको छ , त्यसका साथै आफुहरुलाई कृषि प्राविधिकबारे पनि जानकारी नभएकोले थप समस्या परेको गुनासो गरेकी छन।त्यस्तै मालारानी गाउँपालीका बडा नः१ का नागरिक गोबिन्द जि सी ले पनि ९ रोपनी बारीमा मकै लगाएका छन।
भर्खरै एकोहोरा खनेर उठेका मकैमा विभिन्न किराहरुले सताउन थालेपछि उनी पनि चिन्तित देखिन्छन। विश्व भरि महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस को कारण नेपाल पनि अछुतो हुन सकेन । विश्ववका शक्तिशाली राष्ट्रहरु भारत ,बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि कोरोनाको कहर वढि रहेको छ।एक ठाउँवाट आर्को ठाउमा जान सम्म प्रतिबन्ध लगाईएको अबस्था छ। यो समयमा किसान ले बिसादि खरिद गरेर किरा नियन्त्रण गर्न सकेका छैनन् ।
सम्बन्धित निकायले पनि खासै चासो नदिएको हो,गाउँपालीका भित्र रहेका किसान लाई नत बिसादि किन्न भ्याटनरी नै खुलाईन्छ , नत स्थानीय तहले फौजि र गबारो किरा नियन्त्रण को लागि कुनै कदम चाल्छ , किसानहरु गुनासो गर्छन्।सम्पुर्ण किसान लाई सरकारी निकायले निश्चित बिसादि उपलब्ध गर्न जरुरी छ । हैन भने यो संकटको बेला सबै किसान भोक भोकै बस्ने आबस्था नआउला भन्न सकिदैन।