हुण्डीको २२ लाख नगदसहित ३ जना पक्राउ
  • CIA Khabar

  • मोरङ । मोरङको विराटनगरबाट प्रहरीले हुन्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ घर भएका श्रवण शाह, रंगेली नगरपालिका बस्ने जिज्ञासा चौधरी र झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी छन् ।

    विराटनगर महानगरपालिका–११ स्थित रोगशेष चोकमा चेकजाँच गर्दा २५ वर्षीय श्रवणको साथमा २१ लाख ७१ हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । श्रवणको बयानका आधारमा पक्राउ गरिएकी २५ वर्षीय जिज्ञासाको साथमा २३ हजार भारतीय रुपैयाँ फेला परेको छ ।

    सो हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा अमृत कुमार शाहलाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले ०७७ चैतबाट हुन्डी कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार २१:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images