पार्टी भित्रका ब्वाँसोहरुको मखुण्डो आजदेखी उघ्रियोः मुख्यमन्त्री राई
  • CIA Khabar

  • काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेभित्रै वसेर विधि, विधान सिकाउने ब्वाँसोहरुको मखुण्डो आजदेखी उदाङ्गो भएको बताउनुभएको छ ।

    वाग्मती प्रदेशको उपनिर्वाचनमा आज एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका रामबहादुर थापा बादललाई एकालेकै सूर्यचिन्हबाट निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुले हराएको प्रति आक्रोस व्यक्त गर्दै मुख्यमन्त्री राईले पार्टीभित्रै वसेर भाँडभैलो मच्चाउँदै पार्टीभित्रै ब्वाँसोको निया बोकेर नाटकीय मञ्चनमा व्यस्त रहेका नेताहरुको मखुण्डो आजबाट उघ्रिएको बताउनुभयो ।

    उहाँले आजको उपनिर्वाचनमा माधव कुमार नेपाल पक्षले आफ्नो पार्टीको आधिकारीक सूर्य चिन्हबाट उम्मेदवारलाई मतदान नगरी स्वतन्त्र कलम चिन्ह लिई उम्मेदवार बन्नुभएका डा। खिमलाल देवकोटालाई मतदान गरी जिताएको भन्दै आक्रोस जनाउनुभयो । आजसम्म पार्टीलाई एकताबद्ध बनाउने बहानामा गुटवन्दी गरिरहेकोमात्र नभई पार्टीलाई तहसनहस बनाउने कार्यमा तल्लिन रहेकाहरुलाई चिन्दै भ्रम तोडिएको बताउँदै उहाँले आज भएको उक्त घटना संसदीय अभ्यास र प्रणाली, दलीय व्यवस्था र दलीय बिधी बिधानको नांगो उपहास भएको बताउनुभयो । उहाँले यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बोल्न नमिल्ने समेत आक्रोस जनाउनुभयो ।

    उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आजबाट भ्रम तोडियो १ आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एमालेका) उम्मेदवारलाई पार्टी भित्रै ब्वाँसो भएर निस्किएकाहरुको केन्द्रिय योजनामा नेकपा (एमाले) कै सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका मतदाताहरुबाट हराइयो !!! पार्टी बिधान, पद्वति, प्रक्रिया, निति, निर्णय र निर्देशनको वकालत गर्दै नेकपा र नेकपा ९एमाले० भित्र भाँडभैलो मच्याउदै पार्टी भित्रै ब्वाँसोको नियत बोकेर नाटकीय मन्चनमा व्यस्त रहेका नेताहरुको मखुण्डो आजबाट उघ्रियो !!!!! आज जे भयो यो संसदीय अभ्यास र प्रणाली, दलीय व्यवस्था र दलीय बिधी बिधानको नांगो उपहास हो, यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बोल्न मिल्दैन !!!!! जे होस नेकपा (एमाले) एक्लै लोकप्रिय र शक्तिशाली छ, आजको परिणाम र तथ्यले त्यही बतायो, देखायो !!!!! सर्वशक्तिमान निर्णायक शक्ति जनता हुन!!!!! असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपंथी लगायत सबैखाले शक्तिहरुको वास्तविक अनुहार, उनिहरुको हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउदै जानेछन् !!!!!!!!! गठबन्धनका बावजुद नेकपा ९एमाले० एक्लै बलियो छ भन्ने कुरा आज स्पष्ट भएको छ !!!!!!’

    आज भएको निर्वाचनमा कुल मतभारमा देवकोटाले ५०८८ मत ल्याई विजयी हुनुभएको हो । त्यस्तै नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पराजय बेहोर्नुभएको छ । मतभार अनुसार बादलले ४०१४ मत ल्याई बादल पराजित हुनुभएको हो ।

     

  • ७ जेष्ठ २०७८, शुक्रबार ००:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images