कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा
  • CIA Khabar

  • कर्णाली- कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ ।

    चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो ।

    कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए ।

    सचिव पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।

  • ६ बैशाख २०७८, सोमबार १२:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images