१०० मतदाता नहुने बिबेकशिल साझाले रास्ट्रपतिलाई महाअभियोग लगाउने कुरा हास्यास्पद: नेता जिबि गजल
  • CIA Khabar

  • काठमाडौ । अनेरास्ववियु सुनसरीका पुर्व जिल्ला संयोजक तथा अनेरास्ववियु केन्द्रिय सदस्य जिबि गजलले बिबेकशिल साझा सङ १०० जना पनि मतादाता नभएको दाबी गर्नु भएको छ । उहाले सामाजिक सन्जालमार्फत बिबेकशिल साझाले प्रधानमन्त्री केपि शर्मा ओलि र रास्ट्रपति विद्यादेबि भण्डारी लाई कार्बाही गर्छौ भन्नू आकाशको फल आँखा तरि मर भएको बताउनु भएको छ ।

    नेता जिबि गजलले एस एन नेपाल सङ कुरा गर्दै भन्नुभयो “बिबेकशिल साझा सङ १०० जना पनि मतादाता छैनन , रास्ट्रपति लाई महा-अभियोग लगाउन दुई तिहाइ चाहिन्छ तर दुई तिहाइ सांसद बराबर को मतादाता नभएको पार्टी ले अभियोग लगाउछौ भन्नू हास्यास्पद छ , यो कदापी नसोछे हुन्छ , केपि शर्मा ओलि प्रधानमन्त्री थिए छन र रहनेछन कसैले हटाउन सक्दैन कसैले कार्बाही गर्न सक्दैन ।”

    उहाले बिबेकशिल साझा पार्टी लाई केपि शर्मा ओलि सङ दुस्मनी नगर्न र आफ्नै इज्जत बचाउन चेतावनी समेत दिनुभएको छ । “केपि शर्मा ओलि विरुद्ध लाग्नु भनेको आकाश तर्फ फर्केर थुक्नु जस्तै हो ।” उहाले एस एन एन नेपाल सङ भन्नुभयो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १०:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images