औषधि कालोबजारी गर्ने एक जना पक्राउ
  • CIA Khabar

  • मोरङ । मोरङबाट औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।

    पक्राउ परेका महतो मोरङ को विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

    उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ र ३० गते औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको जिल्ला प्रहरी कार्यालय मोरङ का का प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

    प्रहरीका अनुसार पक्राउ परेका महतोले ग्राहकलाई बढी मूल्य लेखेको खाता देखाई औषधि बेचेका थिए ।

    उनीमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध, सजाय ऐन अनुसार कारबाही बढाउने प्रहरीले जनाएको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार ११:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images