जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुकाे सहयाेगमा ३ दिने निशुल्क स्वास्थ्य शिविर शुरु
  • CIA Khabar

  • शिवराज नगरपालिकाकाे आयोजना जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुकाे सहयाेगमा आजदेखी ३ दिने निशुल्क स्वास्थ्य शिविर चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा शुरु भएको छ ।

    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पान्डेले ब्यानरमा लेखिएको शब्दहरु पढेर कार्यक्रम उद्घघाटन गरिएको साे कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य सिवी गहतराज कार्यपालिका सदस्य तथा अस्पताल ब्यबस्थापन समिति सदस्य शान्ता सेन,नगर स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई , चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव तथा अस्पताल ब्यवस्थापन समिति सदस्य गाेपाल बन्जाडे शिवपुर स्वास्थ चौकी प्रमुख लेखनाथ पौडेल शिवगढी स्वास्थ्य चौकी प्रमुख बिरेन्द्र मिश्र ,समिति सदस्य कल्पना पान्डे ,वेगम बिश्वकर्मा आधारभूतस्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर महेश गुप्ता लगायतको उपस्थिति रहेको थियोे ।

    कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारीले बाेल्दै शिवराज नगरपालिकाका सबै वडाका महिलाहरु पाठेघर सम्बन्धि समस्याबाट उच्च जाेखिममा रहेको पाईएकाेले जिल्ला जनस्वास्थ्यसग सम्पर्क सम्बन्यय गरि एकीकृत रुपमा पाठेघर ,छाला कुष्ठराेग सम्बन्धि शिविर संचालन गरेको र वडावासीले धेरै भन्दा धेरै फाईदा लिन सबैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रम बाेल्दै नगर उपप्रमुख शिवकुमारी चौधरीले समाजमा पाठेघर सम्बन्धि राेगहरुलाई महिलाहरूले अहिले पनि खुलेर भन्न नसकेको कारणले समस्या जटिल भएको तर्क गर्नुभयो ।मुस्लिम समुदायको बाहुल्यता रहेका ठाउँमा यसकाे झन बढी रहेकाे चौधरीले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पान्डेले अहिलेकाे शिविर महिला दिदिबहिनी प्रति केन्द्रीकृत गरेकाे जानकारी दिदै यस आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ३ दिनसम्म निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने पाठेघर राेग सम्बन्धि परामर्श उपचार गरिने जानकारी दिनुभयो ।

    कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले यस क्षेत्रमा पाठेघर सम्बन्धि राेगहरु धेरै देखिएकाले शिविर संचालन गरेको जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर महेश गुप्ताले शिविरमा पाठेघरकाे मुखकाे क्यान्सर परिक्षण , महिलाहरूको पाठेघर खस्ने समस्याको जाँच तथा उपचार, क्षयरोग तथा कुष्ठराेगकाे जाँच तथा उपचार गरिने बताउनुभयो ।

  • ६ बैशाख २०७८, सोमबार १४:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images