आपतकालीन अवस्थामा पनि टोकियो ओलम्पिक हुने
  • CIA Khabar

  • काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ।

    टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् ।

    जापानका ७० प्रतिशत नागरिकले भने कोरोना महामारीका कारण ओलम्पिक रद्द हुनुपर्ने बताएका छन् । कोभिडका कारण एक वर्ष स्थगित भइसकेको प्रतियोगिता आउँदो जुलाई २३ तारिखदेखि अगष्ट ६ तारिखसम्म हुँदैछ । कोरोनाको जोखिम बढेपछि जापानको राजधानीमा मे ३१ तारिखसम्म आपतकालीन अवस्था लागू गरिएको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ०७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images