काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तरप्रदेश आसपासमा रहेको न्युनचापीय क्षेत्रको प्रभावले आज मुलुकभरको मौसममा बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार र सोमबार पनि ठाउँठाउँमा वर्षाको सम्भावना छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
जेठ ८ गते (शनिबार)
दिउँसो: प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बलदी रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जेठ ९ गते (आईतबार)
दिउँसो: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जेठ १० गते (सोमबार)
दिउँसो: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै प्रदेश नं २ लगायत प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र वाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।