थारो गाइ जस्तै भएको सदनको बिकल्प ताजा जनमतबाट बन्ने नयाँ सदननै हो: नेता बस्नेत
  • CIA Khabar

  • काठमाडौ । पुर्व मन्त्री तथा नेकपा एमालेका संसद एवम् केन्द्रिय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधि सभाको सदन थारो गाईजस्तै भएको बताउनुभएको छ।यसको विकल्प ताजा जनमतबाट बन्ने नयाँ सदन नै भएकोले आवधिक निर्वाचन बर्तमान राजनीतिको निकास रहेको आफ्नो धारणा व्यक्त गर्नुभएको छ।सामाजिक संजाल फेसबुक मार्फत उहाले राजनीति दलले निकाश दिन नसक्ने, बैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाइ जस्तै भएको थियो। यस्को बिकल्प नयाँ जनमत बाट बन्ने नयाँ सदननै हो। यो रहँदा सम्म दलहरुको बीचमा अन्तरबिरोध बडने, आपसि द्वन्द बडने, अनेक बिकृति र बिसंगति बडने अबस्था रहिरहने स्थिति थियो भनेर स्पष्ट लेख्नुभएको छ।

    सरकारले गत पौष ५ गते गरेको संसद विघटन सर्बोच्च अदालतको फाल्गुण ११ गतेको फैसलाले अन्य बिकल्पको खोजि गर्ने म्यान्डेट दिएकोले संबिधानको धारा ६७ का सबै अभ्यास गरियो।हिजोको धारा ७६९५० को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखियो। पार्टी फोड्ने, बिधि पद्दति उलघ्ंन गर्ने, गराउने।सत्ता लिप्साको लगी किर्ते हस्ताक्षर गराउने जस्ता अपराधिक हर्कत समेत देखिएको स्पष्ट धारणा राख्नुभएको छ।

    संसद बस्नेतले यो परिबेसमा सरकरले संसद बिघटन गरी कार्तिक २६ र मंसिर ३ मा गर्ने चुनावमा लाग्नु हामी सबैको कर्तब्य हो।तर
    केही जनमत गुमेका, जनतामा नगएका र आगामी निर्बाचनमा हरिने डर भएका, अनि बौद्धिक खेति गरेर जीबिकोपार्जन गरिरहेका, र डलर खेति गर्नेहरुले यस्को बिरोध गरिरनेछन । महादेबले सतिदेबिको लास बोकेर हिडेको जस्तो बिगठित संसद बोकेर हिडिरहने छ्न्। काग गराउदै गर्छ पिना सुक्दै गर्छ्। कुकुर भुक्दै छ हात्ती लमकदैछ्। सबै जना मिलेर निर्वाचनको अभियनमा लगौं जस्ता अभिव्यक्ति व्यक्त गर्नुभएको छ।

  • ८ जेष्ठ २०७८, शनिबार १०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images