काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किँदा तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काभ्रेभञ्ज्याङबाट धुलिखेलतर्फ आउँदै गरेको प्रहरीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बोक्ने बोलेरो गाडी शुक्रबार एक आपसमा ठोक्किदा तीन जना सामान्य घाइते बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भूपेन्द्र बहादुर खत्रीका अनुसार दुर्घटनामा दुबै तर्फ मानवीय क्षति भने हुन पाएन ।
उनका अनुसर तीब्र गतिमा रहेको प्रदेश ०२ ०३००१ च २३९६ नम्बरको बोलेरो गाडीले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्र ३ ०१००२ झ ४८४१ नम्बरको गाडीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा बोलेरो पल्टिएको छ भने प्रहरीको गाडी कुच्चिएको छ । प्रहरीको गाडीमा ४ जना सवार थिए । बोलेरोमा ३ जना सवार थिए । प्रहरीले अहिले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।
तस्वीर : ‘वेलकम टु भक्तपुर’ फेसबुकबाट