अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा एक व्यक्तिको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
भुमिकास्थान नगरपालिका वडा नम्बर १ ठुलाखोलाको छ्हाराको भिरमा अन्दाजी ३५-३६ बर्षको युबक मोटर बाटो बाट करिब २०० मिटर तल भिरमा घोप्टो अबस्थामा मृत भेटिएका हुन् ।
स्थानिय बाबुराम खनालका अनुसार प्रहरी घटना स्थलमा पुगिसकेको छ ।
प्रहरिले घटनाको छानविन गरिरहेको बुझिएको छ ।