कपिलवस्तुमा सवारी दुर्घटना : २४ वढी घाइते, ६ जनाकोअवस्था गम्भिर
  • CIA Khabar

  • कपिलवस्तुको बुद्धभुमी ९ मा सवारी दुर्घटना भएको छ।दुर्घटनामा २४ भन्दा वढी घाइते भएका छन् । बुटवलबाट कृष्णनगर तर्फजादै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक मंगलवार विहान १०ः३० बजे ठोक्किएको थियो ।

    घटना दुवै सवारी साधनका सवारी चालकको गम्भिर रहेको बताइएको छ।स्थानीय रुटमा चल्ने वस भएको कारणले दुर्घटना घाईते हुने वढी स्थानीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताए ।

    बसको क्याबिनमा बसेका र दुवै चालकको सहित ६ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए।गाडीमा अड्किएका चालकको उद्धार गर्नका लागि प्रहरीले टोचन प्रयोग गरेको थियो।केही घाइतेको हात खुट्टा भाचिएको र ४ जना सामान्य चोट लागेको बताईएको छ ।

    सामान्य चोट रहेकालाई स्थानीइ बुद्धपोली क्लिनिक र अन्यलाई उपचारका बुटवल तर्फ लगिएको बताईएको छ।इलाका प्रहरी कार्यालय गोरुसिंगे, सशस्त्र प्रहरी ,ट्राफिक प्रहरीले घाइले को उद्धार गरी एम्वुलेन्स, निजि जिप तथा कारको प्रयोग गरी उपचारका लागि पठाइएको छ ।

  • ७ बैशाख २०७८, मंगलवार १३:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images