शिवराजको बालापुर मोडमा दुर्घटना
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५बालापुर मोडमा आज बाइक र ट्याक्टर ठोकिदाँ बाइक चालक घाइते भएका छन । सावरी दुर्घटना भएको छन ।

    पूर्व बाट पश्चिम तिर जादै गरेको रा १ च २९७८ नम्बरको ट्याक्टर र सोहि दिशा तिर नै जादै गरेको लु ५ प ७८५५ नम्बर बाइक ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

    बाइक चालक शिवराज चन्द्रौटा निवासी संजय राना घाइते भएको र थप उपचारको लागी बुटवल लगिएको चन्दैटा टाफिक प्रहरी प्रमुख हरि जिसीले बताउनु भयो । घाइते रानाको खुट्टा तथा टाउको चोट लागेको प्रहरीले जनाएको छ ।

    ट्याक्टर र चालक अहिले प्रहरी नियन्त्रणमा रहेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार १९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images