ओलीले २७ सांसदलाई सोधे : तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ?
  • CIA Khabar

  •  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितवपरीत काम गरेको भन्दै २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

    पाँच बुँदे स्पष्टीकरणमा ओलीले सोधेका छन्, ‘तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र तपाईंलाई संघीय संसदको पदबाट किन नहटाउने ? आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

    त्यस्तै ओलीले पार्टी बैठकका निर्णयका बारेमा भ्रम सिर्जना गरी पार्टीको विधान र निर्देशन विपरीत नयाँ राजनीतिक दल दर्ता गर्नु अघिको संगठनात्मक आधार तयार गर्न भेला आयोजना गर्दै हिड्नुको कारण पनि सोधेका छन् ।

    उनले चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गर्नुको कारण पनि सोधेका छन् । ओलीले पत्रमा यस्ता गतिविधि अझै कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी पनि दिएका छन् ।

  • ७ बैशाख २०७८, मंगलवार १४:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images