कांग्रेस पदाधिकारी बैठक जारी
  • CIA Khabar

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक अहिले जारी छ ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक १० बजदेखि जारी बैठकमा आगामी महाधिवेशन तयारीबारे छलफल भइरहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

    कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू आज छलफलमा जुटेका हुन् ।

    सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद बैशाख १५ गते राति १२ बजेसम्म तोकेको थियो । यसअघि उक्त म्याद चैत मसान्तसम्म मात्रै थियो।

    कांग्रेसको १४औँ महाधिवेशन भदौमा तोकिएको छ ।

  • ८ बैशाख २०७८, बुधबार ११:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images