श्रद्धापूर्वक मनाइयो रामनवमी
  • CIA Khabar

  • मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरि बुधबार रामनवमी पर्व मनाइएको छ ।

    हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । भगवान रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । रामनवमीको अवसरमा राममन्दिरमा भक्तजनको भिड लागेको थियो ।

    असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको छ ।

    त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    आजका दिन देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने गरिन्छ । यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।

  • ८ बैशाख २०७८, बुधबार २०:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images