सकियो ओली-नेपाल दोस्रो दिनको वार्ता
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ।

    नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

    आज पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो।

    फुटको संघारमा पुगेको एमालेको एकता जोगाउने विषयमा ‌ओली र नेपालबीच वार्ता भइरहेको छ।

    आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओ‌लीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनु पर्ने अडान दोहोर्‍याएको बुझिएको छ ।

    यसअघि दुई नेताले होटलको कोठाबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो।

  • ९ बैशाख २०७८, बिहीबार १६:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images