लघुकथा/ शक्तिशाली बहुला
  • CIA Khabar

  • अरूको परिश्रम सित्तैमा खाने मान्छे धर्तीको बोझ लाग्छ,मलाई त ।” दातारामले नन्दराजलाई भने ।

    “ठग,चोटाहा, छट्टु र कामचोरहरूले त अरूको परिश्रम खाने त हुन्न नि।

    ” नन्दराजले भने “नेताहरूले पनि अरूको श्रममा मोज गरेका छन !”संसारका मजदुरहरू एक हौऔ” भनेर नारा घन्काउनेहरु आफै एक आपसमा झगडा गरिरहेका छन् ! कोही सत्तामा बसेर झगडा गरेका छन् ! कोही बाहिर बसेर ! राम्रो म मात्रै अरू सबै बदमास भनेर कुर्लिन्छन ! कोही मेरो आदेश नमान्नेहरू सबै बदमास ! कारबाही हुन्छ भनेर कुर्लन्छन् ! कोही पख्लास तँलाई छोड्दैनौ भन्छन् ! जनतामा सुख र समृद्धि ल्याउने भन्छन तर जनतालाई दु:ख दिएर आफू मात्रै मोजमज्जा गरेका गरेका छन् !अनि जताततै झगडै झगडा गरेका छन् ! सुख सुविधा आफैले लिएका छन् ! जनतालाई बोल्नै दिदैनन् !” भुक्तभोगी आशारामले भने ।

    “बुझाउनु भने के बुझाउनु आफै बुझ्ने छन ! जानीजानी झगडा गरेका छन् ! यिनीहरूको स्वार्थले उग्ररूप लिएको छ । कोही नि:स्वार्थी भएर झगडा गरेका छन् ! कोही आफ्नै स्वार्थको लागि झगडा गरिरहेका छन् ! सत्तामा पनि यिनै छन् ! सत्ता बाहिर पनि यिनी नै छन् ! यिनीहरू मजदूर किसान सर्बहारावर्गको मुक्तिको लागि काम गर्ने भनेर पनि भन्छन ।

    “संसारका मजदुर एक होऔं” भन्ने नारा घन्काएका पनि छन् !सभा सम्मेलनमा ब्यानर पनि टाँगेका छन्! राम्रो म भनेर बारम्बार आफै फलाक्छन ! आफ्नो प्रशंसा आफैगरिरहेका छन् !आफ्नो कहाँ कम्जोरी भयो त्यतातिर ध्यान दिदैनन् ! आफ्नो कमजोरी लुकाउन अरूको कमजोरी खोज्छन ! मान्छे सप्रने महत्वपूर्ण हतियार आलोचन र आत्माआलोचनाको पद्धतिलाई ध्वस्त पारेका छन् ! राज्यको शक्ति पनि त यिनीहरूकै हातमा छ !” भक्तिरामले भने ।

    “यिनीहरूका सबै चालामालाहरु देख्दा त “शक्तिशाली बहुला”को उपाधी त यिनीहरूलाई दिए हुन्छ !”भुक्तभोगी आशारामले भने । आशारामको यो भनाईलाई त्यहाँ भएका कसैले विरोध गरेनन् ।

  • ९ बैशाख २०७८, बिहीबार १६:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images