शिवराज नगरपालिका वडा न.११ मा १२२ कृषकलाई कृषि सामाग्री वितरण
  • शारदा के.सी

  •  शिवराज नगरपालिका वडा न. ११ ले वडामा रहेका १२२ कृषकहरूलाई कृषि सामाग्री वितरण गरेकाे छ । वडामा रहेका ४० कृषकलाई चाहारा काट्ने मेसिन वितरण गरिएकाे छ,त्यस्तै ६४ कृषकलाई स्पेरे टङ्कि वितरण गिरएकाे छ भने १८ कृषकलाइ सिचाइ सुबिधाका लागि माेटर वितरण गरिएकाे छ । वडा कार्यालयले वडाकाे ६०% सहयाेग र कृषककाे ४०% लगानिमा कृषि सामाग्री वितरण गरिएकाे शिवराज नगरपालिका वडा न.११ का वडा अध्यक्ष रामेश्वर बर्माले बताउनु भयाे ।
    कृषकलाई सहज हाेस भनी सामाग्री वितरण गरिएकाे उहाले बताउनु भएकाे छ । सिचाइ सुबिभाका लागि माेटर पाउँदा खव अाफुले अाकासकाे भर परेर बस्न नपर्ने सेर बहादुर उच्चाइ ठकुरीले बताउनु भयाे ।
    राकेश मिश्रले तरकारीवारि तथा अन्य कृषिवालीका किराफटेक्ग्रा लाग्दा बिषादि छर्न स्पेरे टङ्कीले सहज हुने बताउनु भयाे । राचन्द्र कुरमी र साेभा अहिर चारन काट्ने मेसीन पाउँदा खुसि भएका छन । बस्तुभाउलाई नकाटेर दिदा अाधा चारा खेर जाने हुदा याे मेसिन पाए पछि सहज हुने बताउनु भयाे
  • ९ बैशाख २०७८, बिहीबार १७:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images