न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत, हावाहुरीसहित वर्षा र हिमपातको पूर्वानुमान
  • CIA Khabar

  • काठमाडौँ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उत्तर–उत्तरपश्चिमतिर सर्ने क्रममा यो चक्रवातले बुधबारसम्म शक्तिशाली स्वरूप लिने भएकाले यसको असर नेपालमा पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

    चक्रवात शक्तिशाली भएमा बुधबारदेखि केही दिनसम्म नेपालमा त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

    ‘चक्रवातको असर मध्य र पश्चिम क्षेत्रमाभन्दा नेपालको पूर्वी क्षेत्रमा बढी पर्नेछ, सावधानिका उपायहरू अपनाउन हामी आह्वान गर्छौँ,’ पौडेलले भने,’त्यसको आंशिक असर त आजदेखि नै देखिने छ ।’

    महाशाखाका अनुसार आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ ।

    उच्च हिमाली भू–भागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले आजदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ ।

    बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ यो क्रम बिहीबारसम्म नै जारी रहने महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार ०९:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images