काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थप्ने तयारी
  • CIA Khabar

  • काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी गरिएको छ ।

    कोरोना भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । यसका लागि आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    अबको निषेधाज्ञामा अझ कडाइ गर्ने तयारी भएको छ । सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्न निषेधाज्ञालाई कडाइका साथ थप्ने तयारी भएको हो ।

    अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

  • ११ जेष्ठ २०७८, मंगलवार ०९:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images