नेपालमा एकैदिन २४२८ कोरोना संक्रमित थपिए
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २३६५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    १० हजार १ जनाको पीसीआर र ४४७ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

    यसैगरी २४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार३४५ पुगेको छ । निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १२,६९० पुगेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार १७:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images