पुरुषमा हरिनास र महिलामा निस्दीलाई भलिबल खेलको उपाधि
  • CIA Khabar

  • पाल्पा-
    पाल्पाको रामपुरमा एक सातादेखि जारी गाउँ स्तरीय खुला भलिवल प्रतियोगिता सकिएको छ ।

    स्थानीय जुनतारा युवा क्लब रामपुर ६ बिजयपुरको आयोजनामा भएको खेलमा पुरुष तर्फ स्याङ्जाको हरिनास गाउँपालिका गैरागाँउको टिमले जित हात पारेको छ । महिला तर्फ पाल्पा निस्दी गाँउपालिका गल्धाको टिम बिजेता बनेको छ ।

    बिहिबार भएको फाइनल खेलमा तनहुँको घिरिङ गाउँपालिकाको प्रगतिशिल युवा क्लब बैैडीको टिमलाई पछि पार्दै हरिनास गाउँपालिका स्याङ्जाको टिम बिजेता बनेको हो । ५ सेटको खेलमा ३-२ को सेटले हरिनास बिजेता बनेको थियो । कडा प्रतिस्पर्धामा २-२ सेट जितेर बराबरी भएकोमा अन्तिम सेटमा हरिनासले खुला स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको हो । तनहुँ घिरिङको टिमले उपबिजेतामा चित्त बुझाएको छ । तृतीय रामपुर ३ को टिम भएको छ ।


    महिला तर्फको भलिवल प्रतियोगितामा पाल्पाकै निस्दीको टिम बिजेता बनेको हो । रामपुर ५ मटेरीको टिम उपबिजेता बनेको छ । प्रतिस्पर्धात्मक खेलको २ सेट जित्दै निस्दी बिजयी भएको हो ।
    पुरुष तर्फ बिजेता भएसँगै हरिनास गाउँपालिकाको टिमले नगद ३० हजार, द्धितियले नगद २० हजार र तृतीयले नगद १५ हजार मेडल प्रमाणपत्र प्राप्त गरेको छ । महिला तर्फ बिजेताले १० हजार र उपबिजेतताले नगद ५ हजार मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

    गत पुष १६ देखि शुरु भएको प्रतियोगिता खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा भएको थियो भने सञ्चालन क्लबका सदस्य सुदिप गैरेले गर्नुभएको हो ।

    खेल समापनका अबसरमा पुरस्कार बितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले उत्साह थप्ने र खेल क्षेत्रको विकास कालीगण्डकी भेगमा राम्रो भएको र आफुले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।

  • २२ पुष २०७८, बिहीबार २०:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images