सांसद शाह द्वारा स्थानियलाई खानेपानी
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभाका सदस्य अभिषेक प्रताप शाहले आफ्नो व्यक्तिगत लगानीमा चोरखोलाका नागरिकहरूलाई खानेपानीको ब्यवस्थापन गरिदिएका छन् । कपिलबस्तु चोरखोलाका नागरिकहरूले लामो समय सम्म दुषित पानी खाएर बस्न बाध्य भएको भन्दै सांसद शाहले आफूले सरकार वाट पाउने तलब बापतको रकमले खानेपानीको व्यवस्थापन गरेको बताएका छन् । मानिस स्वस्थ रहन स्वस्थ खानेपानीको आवश्यक पर्दछ दुषित खानेपानीको सेवनले मानीस स्वस्थ रहन सक्दैन । मानिस स्वस्थ रहन स्वस्थ खाने पानी चाहिन्छ त्यसैले आफुले सरकार बाट पाउने सेवा सुविधा बाट खानेपानी ब्यवस्थापन गरेको बताएका छन् ।
    शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोर खोलामा विद्युत् र टेलिफोन टावर लगायत अन्य समस्याहरू रहेकोले ती समस्यालाई समाधान गर्न आफूले सहयोग गर्ने शाहको भनाई छ ।
    केही दिन अघि सांसद शाह चोर खोलामा गएका थिए । चोर खोलामा भएको विजिुली टेलीफेन लगाएतका अन्य समस्या अझै रहेकाले सबै समस्या समाधानका लागि आफूले सहयोग गर्ने बताए । चोर खोला गाउँमा रहेका ३६ घर परिवारले अब शुद्ध पानी पाउने विश्वाश आफुले लिएको समेत शाहले बताए । स्थानिय नागरीकले शुद्ध खानेपानी सांसद साहले ब्यवस्थापन गरेको भन्दै खुशी ब्यक्त गरेका छन् । शाहको आर्थिक सहयोगमा पानीको व्यवस्थापन भएको र केही दिनमै औपचारिक रूपमा खानेपानीको उद्घाटन गरिने स्थानीय एम वि सेन्चुरीले जानकारी दिए ।

  • २९ माघ २०७८, शनिबार २१:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images