राज्यका प्रत्यक निकायमा महिलाहरुको सम्मानजनक सहभागिताले मात्र समृद्ध नेपाल बन्न सक्छ -अमरसिंहपुनमगर
  • CIA Khabar

  •  प्युठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधाान सभा सदस्य अमरसिंह पुनमगरले राज्यका प्रत्यक निकायमा महिलाहरुको सम्मानजनक सहभागिताले मात्र समृद्ध नेपाल बन्न सक्ने बताएका छन् ।

    नेपाल महिला संघ स्वर्गद्धारी नगरपालिका प्युठानद्वारा आयोजित स्थानीय निर्वाचन र महिला सहभागिता विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न संरचनामा महिलाहरुको समानुपातिक सहभागिताले मात्र नेपाल समृद्ध हुने बताएका हुन् ।

    नेपालका परिवर्तनको आन्दोलनमा महिलाहरुको अतुलणीय योगदान भएको बताउदै सभापति पुनले क्षमता र उपयुक्ता आधारमा महिलाहरुलाई उपयुक्त जिम्मेवारी दिनु पर्नेमा जोड दिए । उनले भने महिलाहरुको हक र अधिकारको सुनिश्चितताका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको छ । नेपालको संविधान २०७२ ले पनि महिलाको धेरै अधिकार प्रदान गरेको छ । संविधानको व्यवस्था अनुसार नै कांग्रेसले पार्टीको प्रत्यक संरचनामा महिला सहभागिता गराएको छ ।

    नेपालमा महिलाको शिक्षाको पहँच, विद्यालयमा महिला शिक्षिका, महिला स्वयमसेविका लगायतका थुप्रै कार्यक्रम कांग्रेसकै अगुवाईमा भएको उनको दावी छ । सभापति पुनले प्रत्यक स्थानीय तहमा कांग्रेसको विजय हुने गरि निर्वाचनमा होमिन नेता तथा कार्यक्रताहरुलाई निर्देशन पनि दिएका छन ।

  • २९ फाल्गुन २०७८, आईतवार २२:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images