पाचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै
  • CIA Khabar

  • काठमाडौं -पाचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा हुने भएको छ । यहि चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा कार्यक्रम हुने आयोजक सस्था सदस्री सागर पाण्डेले जानकारी दिनुभयो । कोभिड संक्रमण जोखिमका कारण चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल रुपमा भएको थियो ।

    यो महोत्सवमा ३८ देशका ८९ चलचित्र बीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ बिधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

    बिगतका बर्षमा सशक्त र भब्य रूपमा कार्यक्रम सफल हुन्थ्यो गतबर्ष कोभिडको जोखिमले गर्न पाएनौ । अहिले पनि निफ २०२२ को सबै तयारी भएको छ त्यसैले कार्यक्रम सफल हुने बिश्वास लिएको पाण्डेले बताउनुभयो ।

    देशी बिदेशी अनुभवी प्रसिद्ध फिल्मकर्मीहरुको महोत्सवमा  सहभागिता रहनेछ । सो अबधिमा विविध बिधामा कार्यशाला, अन्तरक्रिया र छलफल हुने यसले नेपाली कला सस्कृति र पर्यटनलाई सहयोग पुर्याउने विश्वास लिइएको छ । निफ महोत्सव सफल पार्न उद्योगी, ब्यवसायी र सरोकारवालाको उत्तिकै सहयोग अपरिहार्य रहेको छ।

  • २ चैत्र २०७८, बुधबार ०८:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images