बिपन्नको सारथी बन्दै स्वर्णिम युग फाउण्डेशन

उपराष्ट्रपति पुनद्दारा फाउण्डेशनको शुभारम्भ "स्वर्णिम रहस्य" पुस्तक बिमोचन

  • सीता डोटेल

  • काठमाडौं –

    काठमाडौंमा भएको एक कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले स्वर्णिम युग फाउण्डेशनको शुभारम्भ तथा “स्वर्णिम रहस्य” पुस्तक विमोचन गर्नुभएको छ ।
    उहाँले स्वर्णिम युग फाउण्डेशनको वेबसाईट र सरसफाइ अभियानका अभियान्ता खेम शर्माद्दारा लिखित सफल र जिवनको सन्तुष्टिगत सार “स्वर्णिम रहस्य” पुस्तकको शुभारम्भ गर्नुभएको हो । उपराष्ट्रपति कार्यालयमा भएको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले बिदेशमा रहेका नेपालीहरुले आफ्नो धर्ती प्रति मायाभावले फाउण्डेशन मार्फत गरेको कामको प्रशंसा गर्नुभयो ।

    देशप्रति नागरिकको उत्तिकै दायित्व रहेको उल्लेख गर्दै पुनले राज्यले के दियो होइन राज्यलाई के दिन सके भनेर चिन्तन गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले देशमा राजनितिक परिवर्तन आएपनि सामाजिक र सोचमा अझ परिवर्तन आउन नसकेको बताउनुभयो । नकारात्मक टिप्पणी बढी भयो सकारात्मक आलोचना गरेर सकारात्मक पहलकदमी हुनुपर्छ,उहाँले भन्नुभयो-१२ एयरपोर्ट सहित सफाइ अभियान चलाएका युवाको पुस्तकले व्यबहारिक र अनुशासित हुन सिकाएको छ। गलत प्रबृति र गलत चिन्तन बोकेकालाई सफा बनाउन पुस्तकले दिशानिर्देश गर्नेछ उहाँले थप्नुभयो ।

    शिक्षाराज्यमन्त्री बोधमाया यादवले शिक्षामा लाभ पुग्ने काम फाउण्डेशनले गरेको बताउनुभयो । उहाँले सरकारी,अर्धसरकारी, निजी र गैर सरकारी सस्थाको पहलले मात्र देशको समग्र विकास हुने बताउनुभयो ।
    फाउण्डेशनका संरक्षक तथा पुस्तकका लेखक शर्माले कोभिडले कोठाभित्र थुनिनुपरेको बाध्यात्मक परिस्थितिमा सुन्दर पुस्तक रचनाले जीवन,जगत,दैनिकी र सुन्दर भविश्यलाई जोड्ने गरि जीवनयापनको स्वस्थ्य दैनिकी र सरल विचारका शब्द गासिएको बताउनुभयो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति मंगल रावलले फाउण्डेशनले गरेका काम र लिएको लक्ष्यको प्रशंसा गर्नुभयो ।

    पुस्तकको समिक्षा गर्नुहुर्दै खेम लकाईले “सुन्दर रचनाको संगालोको रुप स्वर्णिम रहस्य” रहेको उल्लेख गर्नुभयो। उहाँले १६० पृष्ठमा सजिएको पुस्तकमा २५ शिर्षक रहेको र लेखकले अगाडीका १६ शीर्षक मार्फत सकारात्मक सोच लिएर स्वस्थताका लागि दैनिक अबलम्बन गर्नुपर्ने कार्य उल्लेख गरेको बताउनुभयो । आफ्ना कर्तव्य देखि निद्राको महत्वका बारेमा समेत समेटिएका बिषय सुन्दा सामान्य लाग्न सक्छ तर यसको सही समयमा सही उपयोगले पार्ने सन्तुष्टिलाई सारमा उतारिएको उहाँको भनाई छ । लेखकमा सर्वाधिकार रहेको पुस्तक बिक्रिबाट आएको सबै रकम बालबालिकाको शिक्षामा खर्च गरिने लेखक शर्माले घोषणा गर्नुभएको छ।

    नेपालमा शिक्षा क्षेत्रमा अझपनि अभाव खड्किएका र बिपन्न परिवारका बालबालिकासम्म पुगेर उनीहरुलाई सहयोग गर्ने गरि पहिलो चरणमा सस्था लागेको स्वर्णिम युग फाउण्डेशनका अध्यक्ष मनऋषि धितालले बताउनुभयो । हाल अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरोपमा रहेका नेपालीहरुले यस सस्था संग जोडिएर बिपन्न समुदायका बालबालिकालाई झोला, किताब कापी न्यानो कपडा सहित शैक्षिक सामग्री सहयोग गरेको फाउण्डेशनका संचालक तुला अधिकारीले बताउनुभयो। विशेष गरि रोजगारी र उच्च शिक्षाको लागि विभिन्न देशहरुमा पुगेर फर्किएका नेपालीहरुले यस फाउण्डेशनको शुरुवात गरेका हुन् ।
    फाउण्डेशनले काठमाडौं र सिन्धुली जिल्लाका विभिन्न ६ विद्यालयमा पुगेर झण्डै ३००बिद्यार्थीलाई शैक्षिक सामाग्री र अन्य सहयोग पुर्‍याएको र अब सस्थाको औपचारिक शुरुवात संगै निरन्तर सामाजिक सेवामा लाग्ने जनाएको छ।  बालसारथी पशुपति छेउमा रहेको सडक बालबालिकालाई निशुल्क पढाउने बालसारथी स्कुलकी संचालिका माला खरेलले सस्थाले आफ्नो स्कुलका बाबुनानीलाई गरेको सहयोगले आफुहरुले गरेको काममा समेत हौसला थपेको बताउनुभयो ।
    सस्थाले आफुलाई प्रबिधि युक्त रुपमा अगाडि बढाएको छ भने समयानुकुल प्रबिधिमा ढाल्न प्रेरित गरेको छ । सस्थाले शुशासन र उत्तरदायित्वलाई मजबुत बनाउदै स्वर्णिमयुग डटकम वेबसाईट मार्फत सस्थाको गतिबिधि हेर्न सकिने र जो कसैले कुन विद्यालय र विद्यालयको कुन विद्यार्थीलाई सहयोग गर्न चाहेको रोज्न सक्ने र आवश्यकताका आधारमा विद्यालयलाई सहयोग माग्न सक्ने गरि सबै डाटा व्यबस्थित गरेको र यसलाई थप अपडेट गर्दै जाने जानकारी दिइएको छ ।  सस्थाले स्वर्णिम कला उपहार कार्यक्रम गरि गायक जीवन शर्मा र दल बहादुर गुरुङलाई नगद सहयोग गरेको जनाएको छ ।

     

  • ७ चैत्र २०७८, सोमबार २०:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images