सेयर बजार दोहोरो अङ्कले वृद्धि, साढे २ अर्बको सेयर कारोबार
  • CIA Khabar

  • काठमाडौँ- नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशमलव ०४ अङ्कले वृद्धि हुँदा २६ सय ५० दशमलव ७० अङ्कमा पुगेको छ  ।

    नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अङ्कले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ ।  नेप्सेमा  ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ ।

     इमर्जिङ् नेपाल लिमिटेड को सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा  बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो । इमर्जिङ्  नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ ।  मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन् । 

    सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनी को प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।

  • ८ चैत्र २०७८, मंगलवार २१:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images