पहिलो एक दिवसीयमा पीएनजीद्वारा नेपाल ६ रनले पराजित
  • CIA Khabar

  • काठमाडौं- काठमाडौंमा जारी पपुवा न्यू गिनीविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको हो । २ सय ९३ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दा ५० ओभरमा २ सय ८६ रन मात्रै बनाउन सक्यो ।

    नेपालका लागि रोहित पौडेलले १ सय २६ रन र आरिफ शेखले ३४ रन बनाए । कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल ऐरीले नटआउट १८–१८ रन तथा भीम सार्कीले १७ तथा दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

    नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालका लागि कमल सिंह ऐरी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र पवन सराफले १–१ विकेट लिए ।

    दोस्रो एक दिवसीय सिरिजअन्तर्गत नेपालले भोलि पीएनजीसँग बिहान साढे ९ बजे प्रतिस्पर्धा गर्नेछ ।

  • ११ चैत्र २०७८, शुक्रबार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images