गृहमन्त्रीको पहलमा मैनहियामा दुई दिने स्वास्थ्य शिविर सुरु
  • CIA Khabar

  • बुटवल।गृह मन्त्रालय, सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपीएफ अस्पतालको आयोजनामा रुपन्देहीको सियारी गाँउपालिका २ मैनहियामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ कार्यक्रम र तालिम शनिबारबाट सुरु भएको छ ।
    सियारी गाँउपालिकाको समन्वय तथा सहआयोजनमा भएको शिविर गृहमन्त्री बालकृष्ण खाणको पहलमा सुरु भएको हो ।

    शिविरमा सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरू र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण कार्यक्रम गरिने गृहमन्त्रीका स्वकीय सचिव विजेश न्यौपानेले जानकारी दिनुभयो ।
    अहिलेसम्म शिविरमा पाँच सय बढी नागरिकको उपचार भएको एपीएफ अस्पतालकी डाक्टर सौजन्या कर्माचार्यले जानकारी दिनुभयो । डा. कर्माचार्यले विशेषगरी शिविरमा महिलाको स्वास्थ्यबारे जचेतना जगाउने र क्यान्सरको स्क्रिनिङ गर्ने कार्यक्रम आइतबारको शिविरमा रहेको जानकारी दिनुभयो ।

    No description available.

    No description available.

    No description available.

     

  • १२ चैत्र २०७८, शनिबार १७:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images