चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल हस्तान्तरण
  • CIA Khabar

  • काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समकक्षी नारायण खड्कालाई हस्तान्त्ररण गरेका छन्।

    शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष समकक्षी खड्कालाई विमानस्थल (सांकेतिक चाबी)बुझाएका हुन् ।

    प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो ।

    चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।

  • १२ चैत्र २०७८, शनिबार २०:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images