यसरी घरमै बनाउन सकिन्छ चम्किलो दाँत
  • CIA Khabar

  • हरेक व्यक्तिको सुन्दरतामा उसको दाँतको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यक्तिलाई आकर्षक देखाउन दाँत महत्त्वपूर्ण मानिन्छ । त्यसैले सधैँ दाँतलाई चम्किलो र आकर्षक बनाउन आवश्यक छ । तर डेन्टल सेन्टरमा गएर दाँतलाई चम्किलो र आकर्षक बनाउनु भन्दा घरमै रहेका बस्तु तथा खानेकुराको प्रयोग गरेर पनि यसलाई सुन्दर बनाउन सकिन्छ ।

    यस्ता छन् दाँत सुन्दर बनाउने घरेलु उपाय

    – बेकिङ सोडा
    एक चौथाइ चिया चम्चा बेकिङ सोडालाई पानीमा मिलाएर ब्रसको सहायताले दाँतमा रगड्दा केही समयमै दाँत सेतो देखिन थाल्छ ।

    – स्ट्रबेरी
    स्ट्रवेरीमा मेलिक एसिड नामक तत्व रहेको हुन्छ, जुन प्राकृतिक रूपमा दाँत चम्काउन सहयोगी हुन्छ । नियमित रूपमा स्ट्रबेरी खाँदा दाँत चम्किलो देखिन्छ ।

    – नुन–पानी
    नुनपानी प्राकृतिक एन्टिबायोटिक हो । यसले प्राकृतिक रूपमा दाँत सेतो बनाउन सकिन्छ भने गिजाको स्याहार पनि गर्छ । एक कप तातो पानीमा एक चिया चम्चा नुन हालेर यसले कुला गर्दा दाँत चम्किलो हुनुका साथै गिजा पनि स्वस्थ्य हुन्छ ।

    – सेतो खानेकुरा
    जति जति सेतो खानेकुरा खायो दाँत पनि त्यति नै सेतो हुँदै जान्छ । कुखुराको मासु, भात र माछा खाने गरे दाँत सेतो हुन्छ ।

    – स्याउ
    मेलिक एसिड अन्तर्निहित हुने भएकाले स्याउको सेवनले दाँतलाई सेतो बनाउन सकिन्छ ।

    – पानी र दूध
    कागती पानी पिउँदा दाँतलाई फाइदा पुग्छ । यस्तै दुमा हुने क्याल्सियमले पनि दाँत तथा गिजालाई बलियो र सफा बनाउन मद्दत गर्छ ।

    – नरिवलको तेल
    एक चम्चा नरिवलको तेल मुखमा हालेर सकेसम्म धेरै बेर कुला गर्दा दाँतमा रहेका ब्याक्टेरिया हटाएर दाँतलाई चिल्लो बनाएर यसमा रहेका दागहरु पनि सफा गर्छ ।

  • १२ चैत्र २०७८, शनिबार २०:५४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images