पीएनजीविरुद्ध नेपालको शानदार जीत, करण केसीको ह्याट्रिक
  • CIA Khabar

  • काठमाडौं-त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्यू गिनी पीएनजीलाई ३७ रन ले पराजित गरेको हो ।

    २ सय ४ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ४ बलमा मात्र १ सय ६६ रन बनाउन सफल भयो । पीएनजीलाई लक्ष्य पुरा गर्नबाट रोक्न नेपालका करन केसीले ह्याट्रिकसहित ५ विकेट लिए ।

    उनले अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । नेपालका लागि अविनाश बोहोरा र सोमपाल कामीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६ रन, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।

    आरिफ शेखले अविजित २ र करन केसीले १ रन जोडे । दिलिप नाथ शून्य रनमा आउट भए भने अविजित रहेका कप्तान सन्दीप लामिछानेले पनि रन जोड्न असफल रहे ।

  • १७ चैत्र २०७८, बिहीबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images